काठमाडौं– नेपाल सरकारले कोरोना सम्बन्धि सूचना लुकाएको आरोप एक सांसदले लगाएका छन्। सांसद प्रदिप यादवले नेपालमा कोरोना संक्रमित रहेको जानकारी आफूले पाएको बताउँदै यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘सरकारले धेरै सूचना लुकाइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कार्यमा संलग्न चिनियाँ कर्मचारीहरुमा कोरोना रहेको सूचना पाएको छु।’
उक्त विमान स्थल निर्माण गर्ने जिम्मा चिन सरकारले लिएकाले चिनबाट आएका कामदारमा कोरोना रहेको उनको भनाइ छ । केही कर्मचारीलाई कोरोनाको संक्रमणको सूचना पाएपछि नेपाली कामदारले जागिरबाट राजिनामा दिएको समेत उनले बताए।
उनले भने, ‘त्यहाँ काम गर्ने ७/८ जना चिनियाँ कामदारलाई कोरोना संक्रम भएर क्वारेन्टाइनमा राखिएको छ।’ संक्रमण भएर नभइ आशंकमा क्वारेन्टाइनमा राखिएका चिनियाँलाई उनले संक्रमित नै रहेको बताएका हुन्।