काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आइसोलेसन वार्ड विस्तार गरेको छ।
अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि यसअघि ५ शय्याको आइसोलेसन वार्डको व्यवस्था गरेको थियो। अहिले १४ शय्या थप गर्दै १९ शय्याको आइसोलेसन वार्ड बनाएको हो।
बिहीबार अस्पतालको नोेबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समिति, र्यापिड रेसन्पोन्स टीम, अस्पतालका विभागीय प्रमुखहरु उपस्थित सवैदलीय बैठकले कोराना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि बसेको बैठकले आइसोलेसन वार्ड बिस्तार गर्ने निर्णय गरेको हो।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीले प्रेस विज्ञप्ती जारी गर्दै ३ सदस्यीय कोभिड १९ आउटब्रेक व्यवस्थापन समितिलाई बिस्तार गरी १३ सदस्यीय बनाइएको बताएका छन्।
पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्र्पकमा आएका व्यक्तिलाई कोठा नम्बर २०१ बाट सेवा दिइने अस्पतालले जनाएको छ।
अस्पतालमा हालसम्म २ जनाको कोरोना संक्रमण परीक्षण गरेको र दुबैको रिपोर्ट नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ। बिहीवार एक जनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाएको पनि अस्पतालले जनाएको छ।