काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज साँझ ६ बजे डिस्चार्ज हुने भएको छ।
मिर्गौला प्रत्यारोपणको दश दिनपछि प्रधानमन्त्री ओलीको डिस्चार्ज हुने भएको हो। उनको फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दाेस्राे पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
उनलाई उनकी भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी छिन्। उनी गत बुधबार डिस्चार्ज भइसकेकी छन्।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज हुन लागेको जानकारी गराए।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको शिक्षण अस्पतालले विज्ञप्ति मार्फत जानकारी गराएको छ। प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए।