काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को आशंकामा भर्ना भएका ६ जना बिरामीको रिपोर्ट नेगेटिभ आएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा दुई गरी ६ जना बिरामी कोरोनाको आशंकामा भर्ना गरिएको थियो।
शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए। चार मध्ये अमेरिकामा फर्किएका एक बिरामीमा भने निमोनियाको समस्या देखिएको उनले जानकारी दिए।
पाटन अस्पतालमा भर्ना भएका बिरामीको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए। अस्पतालमा हाल कोरोनाको आशंकामा एक जना बिरामी अस्पताल भर्ना भएका छन् ।