काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रायले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अत्यावश्यक बाहेक स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न परिपत्र गरेको छ।
मन्त्रालयल शुक्रबार सचिव स्तरीय निर्णय गर्दै कोरोना भाइरस संक्रमण रोकथाममा सर्तकता अपनाउनुपर्ने भएकाले अर्को आदेश नभएसम्म स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न परिपत्र गरेको हो।
मन्त्रालयले प्रसूति बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न, नगराउन र गर्नैपर्ने अवस्था आए वैकल्पिक व्यक्तिको व्यवस्था गरेर मात्र बिदा स्वीकृत गर्न निर्देशन दिएको छ।
