काठमाडौं- सरकारले मिर्गौला रोगीको रजिष्ट्री दर्ता गर्ने भएको छ।
स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक महाशाखाले नेपालमा कति मिर्गौला रोगी छन्,कुन भौगोलिक क्षेत्रमा बढी छन्, कुन अवस्थामा छन्लगायतको तथ्याङक राख्न रजिष्ट्री दर्ता गर्ने योजना बनाएको हो।
त्यसका लागि महाशाखाले लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्ताव गर्न लागेको छ।
सरकारले मिर्गौला रोगीलाई निशुल्क डायलासिस र प्रत्यारोपण सुविधा दिएको छ।
नर्सिङ तथा सामाजिक महाशाखा सामाजिक सुरक्षा शाखाबाट विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत हरेक वर्ष ४ हजार बढी मिर्गौला बिरामीले डायलासिस सेवा लिन्छन।