काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका छन्।
मिर्गौला प्रत्यारोपणपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उक्त विषय उठाएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘५० देखि १०० बेडको छुट्टै अस्पताल जरुरत पर्नसक्छ भन्नुभएको हो।’ कोरोनाको भाइरसको उपाचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको प्रधानमन्त्रीले सुझावका रुपमा उक्त विषय उठाएको बताइएको छ।