काठमाडौं- बुधबार बिहान १ः३० बजेसम्ममा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १६७ देशमा फैलिएको छ।
यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण १ लाख ९८ हजार ९ सय ३४ जनामा देखिएको छ। भाइरसका कारण ७ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ। यस्तै ८२ हजार ७ सय ७९ जना उपचारपछि निको भएका छन्।
बुधबार दिउँसो १:३० बजेसम्म विश्वमा कहाँ के भयो?
- बंगलादेशमा एउटा नयाँ केस भेटिएको छ। इटालीबाट आएका मानिसलाई जागिपुरस्थित क्वारेन्टाइनमा राखिएको छ।
- चीनको मकाओ एसएआरमा एक जना नयाँ बिरामी भेटिएको छ।
- अरुबामा १ नयाँ बिरामी भेटिएको छ।
- जर्जियामा ४ नयाँ बिरामी भेटिएका छन्।
- भारतमा ५ जना नयाँ बिरामी भेटिएका छन्। भारतीय सेनामा पहिलो पटक कोरोना भेटिएको छ, जसका बुबा इरानको तीर्थयात्राबाट फर्किएका थिए।
- भारत सरकारले इयु, युके, टर्कीबाट यात्रा गरिरहेका भारतीय राहदानी भएका मानिसलाई प्रवेशमा रोक लगाएको छ।
- श्रीलंकामा १ जना नयाँ बिरामी भेटिएका छन्।
- मंगोलियामा १ जना नयाँ बिरामी भेटिएका छन्।
- हंगेरीमा ८ जना बिरामी भेटिएका छन्।
- काजकिस्तानमा २ जना नयाँ बिरामी भेटिएका छन्।
- ब्राजिलमा ३ जना नयाँ बिरामी भेटिएका छन्।
- इजरायलमा ९० जना बिरामी भेटिएका छन्।
- संयुक्त राज्य अमेरिकामा १११ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मुत्यु भएको छ।
- कोलम्बियामा १० जना नयाँ बिरामी भेटिएका छन्।
- भियतनाममा २ जना नयाँ बिरामी भेटिएका छन्।
- मेक्सिकोमा ११ जना नयाँ बिरामी भेटिएका छन्। जसमध्ये १४ प्रतिशतलाई अस्पतालमा भर्ना गरिएको छ भने २ प्रतिशतको अवस्था चिन्तजनक छ।
- ट्रिनिडाड एन्ड टोबागोमा २ जना नयाँ बिरामी भेटिएका छन्।
- रुवाण्डामा १ जना नयाँ बिरामी भेटिएका छन्।
- फिलिपिन्समा जना नयाँ बिरामी भेटिएका छन्।
- थाइल्याण्डमा ३५ नयाँ बिरामी भेटिएका छन्।
- उज्बेकिस्तानमा २ जना नयाँ बिरामी भेटिएका छन्।
- अस्ट्रेलियामा १०५ जना नयाँ बिरामी भेटिएका छन् भने एक जनाको मुत्यु भएको छ। त्यहाँका नागरिकलाई सम्पूर्ण देशमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। त्यहाँको सरकारले स्कुलहरु बन्द नगर्ने निणर्य गरेको छ। एनएसडब्लुमा ५७ जना नयाँ बिरामी भेटिएका छन् भने एक जनाको मुत्यु भएको छ। भिक्टोरियामा २७ जना नयाँ बिरामी भेटिएका छन्। क्विन्सल्याण्डमा १६ जना नयाँ बिरामी भेटिएका छन्। दक्षिण अस्ट्रेलियामा ५ जना नयाँ बिरामी भेटिएका छन्।
- जापानमा ४ जना नयाँ बिरामी भेटिएका छन्।
- दक्षिण कोरियामा ९३ जना नयाँ बिरामी भेटिएका छन् भने तीन जनाको मुत्यु भएको छ।
- चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)मा गरिएको रिपोर्ट अनुसार १३ जना नयाँ बिरामी भेटिएका छन् भने ९२२ जना डिस्चार्ज भएका छन्।