काठमाडौं- सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि बुधबार १५ बुँदे निर्णय गरेको छ। उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले माध्यमिक विद्यालय परीक्षा (एसइई) केन्द्रमा हेल्थ डेस्क स्थापना गर्नेदेखि लिएर सिनेमा हल बन्द गर्नेसम्मका निर्णय गरेको छ।
यस्तै समितिले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुबाट आउने सबै यात्रुलाई २० मार्च देखि १५ अप्रिलसम्म आवागमनमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ।
हेरौँ १५ बुँदे निर्णय

