काठमाडौं- सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ। बुधबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो।
त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ।
यसैगरी समितिले माध्यमिक तह, बालविकास केन्द्र र विश्वविद्यालयका पठनपाठनहरु समेत चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।
यसका साथै जिम तथा हेल्थ सेन्टर (फिटनेस सेन्टर) पनि अप्रिल ३० सम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।
सरकारले १५ बुँदे निर्णय गर्दै कोरोना भाइरसको संक्रमण फैलन नदिन भेला, समारोह लगायतका कार्यक्रम समेत रोक्ने निर्णय गरेको छ।
सरकारले कोरोना भाइरसका बारेमा सर्वसाधारण नागरिकमा भ्रम फैलने गरी अभिव्यक्ति दिएका कारबाही गर्ने चेतावनी पनि दिएको छ।
हेरौँ १५ बुँदे निर्णय

