काठमाडौं — सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ।
कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको अवस्थामा सरकारले बिहीबारबाट लिने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
परीक्षामा ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागि हुन लागेका थिए।
यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय भने बिहीबार गर्ने जनाइएको छ।