काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वका १७६ देशमा फैलिएको छ।
बिहीबार बिहान ११ः३० सम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण २ लाख १९ हजार ३ सय ५५ जनामा देखिएको छ। भाइरसका कारण ८ हजार ९ सय ६९ जनाको मृत्यु भइसकेको छ। यस्तै ८५ हजार ७ सय ४५ जना उपचारपछि निको भएका छन्।
बिहीबार मात्रै विभिन्न देशमा गरेर ५ सय ५७ जना नयाँ बिरामी भेटिएका छन् भने २६ जनाको मुत्यु भएको छ।
विश्वमा सबैभन्दा बढी संक्रमित देशहरु
१. चीन
चीनमा अहिलेसम्म ८० हजार ९ सय २८ जनामा कोरोनाको संक्रमण देखिएको छ। बिहीबार ३४ जना नयाँ बिरामी थपिएका छन्। चीनमा अहिलेसम्म ३ हजार २ सय ४५ जनाको मुत्यु भइसकेको छ भने बिहीबार मात्र ८ जनाको मृत्यु भएको छ।
२. इटाली
इटालीमा यो समाचार तयार पार्ने समयसम्म ३५ हजार ७ सय १३ जना बिरामी संक्रमित छन्। कोरोना भाइरसका कारण २ हजार ९ सय ७८ जनका मुत्यु भएको छ। बिहीबार कुनै पनि नयाँ बिरामी नथपिएको इटाली अधिकृतहरुले जनाएका छन्।
३. इरान
इरानमा अहिलसम्म १७ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। इरानमा कोरोना भाइरसका कारण १ हजार १ सय ३५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कुनै नयाँ बिरामी थपिएका छैनन् ।
४. स्पेन
स्पेनमा १४ हजार ७ सय ६९ जना संक्रमित भएका छन्। त्यस्तै अहिलेसम्म स्पेनमा ६ सय ३८ जनाको मुत्यु भइसकेको छ ।
५. जर्मनी
जर्मनीमा १२ हजार ३ सय २७ जना बिरामी संक्रमित छन्। जर्मनीमा कोरोनाका कारण अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ।
६. दक्षिण कोरिया
दक्षिण कोरियामा ८ हजार ५ सय ६५ जना संक्रमित भइसकेका छन्। बिहीबार मात्र १ सय ५२ जना नयाँ बिरामी थपिएका छन्। दक्षिण कोरियामा अहिलेसम्म मुत्यु हुनेको संख्या ९१ जना रहेको छ। बिहीबार ७ जनाको मुत्यु भएको छ।
७. फ्रान्स
फ्रान्समा अहिलेसम्म ७ हजार १ सय ३४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। भाइरसका काररण फ्रान्समा २ सय ६४ जनाको मृत्यु भइसकेको छ।
८. अमेरिका
संयुक्त राज्य अमेरिकामा हालसम्म ९ हजार ४ सय ६४ जना संक्रमित भएका छन्। बिहीबार अमेरिकामा २ सय ६ जना नयाँ बिरामी थपिएका छन्। अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण १ सय ५५ जनाको मृत्यु भएको छ। बिहीबार मात्र ५ जनाको मृत्यु भएको छ।
९. स्विटजरल्यान्ड
स्विटजरल्यान्डमा हालसम्म ३ हजार १ सय १५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण त्यहाँ ३३ जनाको मृत्यु भएको छ।
१०. नेदरल्यान्ड
नेदरल्यान्डमा हालसम्म २ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण ५८ जनाको मृत्यु भइसकेको छ।
११. बेलायत
बेलायतमा २ हजार ६ सय २६ जनामा संक्रमण देखिसकेको छ भने मुत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ।
१२. नर्वे
नर्वेमा अहिलेसम्म कोरोना भाइरसका कारण १ हजार ५ सय ९१ जनामा संक्रमण हुनुका साथै ६ जनाको मृत्यु भएको छ।
१३. बेल्जियम
बेल्जियममा १ हजार ४ सय ८६ जना सक्रमित भएका छन्। बेल्जियममा मुत्यु हुनेको संख्या १४ पुगेको छ।
१४. अष्ट्रिया
अष्ट्रियामा कोरोना भाइरसको संक्रमण १ हजार ६ सय ४६ जनामा देखिएको छ। भाइरसका कारण अष्ट्रियमा ४ जनाको मृत्यु भएको छ।
१५. स्विडेन
स्विेडनमा हालसम्म १ हजार ३ सय एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण स्विडेनमा १० जनाको मृत्यु भएको छ।