काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण रसियामा पनि एक जनाको मृत्यु भएको छ। रसियन सरकारले कोरोनाका कारण ७९ वर्षीया एक जना महिलाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको छ।
‘कोरोना भाइरसको संक्रमणबाट रसियामा मृत्यु भएको यो पहिलो केस हो,’ रसियन सरकारद्वारा जारी रिपोर्टमा उल्लेख छ। रिपोर्ट अनुसार रसियामा हालसम्म एक सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ।
चीनपछि सबैभन्दा बढी प्रभावित भएको इटालीमा बुधबार ४ सय ७५ जनाको मृत्यु भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।
बिहीबार दिउसो ३ बजेसम्मको तथ्यांक अनुसार विश्वभरका १ सय ७६ देशमा कोरोना भाइरसका कारण २ लाख २० हजार ३ सय १३ जना संक्रमित भएका छन्।
कोरोनाका कारण अहिलेसम्म ८ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएका ८५ हजार ७ सय ६९ जना निको भइसकेका छन्।
यो समाचार तयार पार्दासम्म बिहीबार मात्र विश्वभरमा यो भाइरसका कारण ४० जनाको मृत्यु भएको छ भने ८ हजार ९ सय ८३ जना नयाँ संक्रमित बिरामी थपिएका छन्।
चीनको वुहान र हवेइ प्रदेशमा भने कोरोनाको संक्रमण शुन्य भएको छ। कोरोना भाइरसको उद्गमस्थल वुहानमा संक्रमितको संख्या शुन्य भएको हो।
बिहीबार दिउँसो ३ बजेसम्म कहाँ के भयो?
बंगलादेशमा थप ३ जनामा संक्रमण देखिएको छ। यो सहित बंगलादेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ।
भारतमा थप ५ जनामा संक्रमण देखिएको छ। यो सहित भारतमा कोरोना संक्रमितको संख्या १७४ पुगेको छ।
इजरालयमा ९६ जना नयाँ संक्रमित फेला परेका छन्।
मलेसियामा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्।
कुवेतमा ६ जना नयाँ बिरामी थपिएका छन्।
थाइल्यान्डमा थप ६० जनामा संक्रमण फेला परेको छ।
अल्जेरियामा ७ जनामा नयाँ संक्रमण फेला परेको छ। कोरोनाको कारण बिहीबार अल्जेरियामा एक जनाको मृत्यु भएको छ।
डेनमार्कमा कोरोनाका ७५ जना नयाँ बिरामी फेला परेका छन्। कोरोनाका कारण बिहीबार २ जनाको मृत्यु भएको छ।
नर्वेमा बिहीबार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
घानामा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ।
अष्ट्रेलियामा थप ९१ जनामा कोरोनाको संक्रमण देखिएको छ।
स्लोभाकियामा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ।
जर्मनीमा थप १६ जनामा संक्रमण फेला परेको छ।
कंगोमा थप ७ जनामा संक्रमण फेला परेको छ।
इन्डोनेसियामा थप ८४ जनामा संक्रमण देखिएको छ।
पोल्यान्डमा थप १८ जनामा संक्रमण देखिएको छ।