काठमाडौैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहसचिव र विभागिगय प्रमखुलाई बिदाको दिनमा पनि काम गर्न निर्देशन दिएको छ। मन्त्रालयले कोरोना भाइरसको संक्रमण नेपालमा आउन नदिन र यो सँग सम्बन्धित काम गर्न कर्मचारीलाई बिदाको दिनमा पनि काम गर्न निर्देशन दिएको हो।
यस्तै मन्त्रालयले माताहतका उपसचिव तथा शाखा अधिकृतहरुलाई यो समयमा उपत्यका नछाड्न पनि निर्देशन दिएको छ।
