काठमाडौं - सरकारले चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।
यसका साथै लामाे दुरीका सवारी चैत १० गतेदेखि बन्द गर्ने निर्णय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमणको उच्च जोखिम न्युनिकरण गर्न सरकारले उक्त निर्णय लिएको प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै घोषणा गरेका हुन्। बस कहिलेदेखि सञ्चालनमा आउने भन्ने कुरा निश्चित गरिएको छैन।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले आवश्यक तयारी गरेको पनि जानकारी दिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी ९ गतेदेखि सबै सार्वजनिक, सामुदायिक र निजी कार्यालय बन्द हुने जानकारी पनि दिए। कार्यालय ९ देखि २१ सम्म बन्द गरिएको उनले आफ्नो सम्बोधनमा बताए।
अनिवार्य सेवा दिनुपर्ने कार्यालयबाहेक बन्द गरिएको जनाएका हुन्।
यसैगरी सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन्।