काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस विरुद्ध लड्न नागरिकलाई विभिन्न सुझाव दिएका छन् ।
शुक्रबार साँझ बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकलाई यस्ता सुझाव दिए ।
–सरसफाइमा ध्यान दिनुहोस् ।
–साबुन पानीले पटक-पटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस्।
–भिडबाट टाढै रहनुहोस्।
–सकेसम्म घरमै बस्नुहोस्।
–हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुनुहोस्।
–चिकित्सक, विज्ञ र प्राविधिकको सल्लाहाको पालना गर्नुहोस्।
–धैर्यवान हुनुहोस्।
– संयमता अपनाउनुहोस्।
– सावधान हुनुहोस्।
–तर, आतंकित नहुनुहोस् ।
भिडियो :