काठमाडौं- कोरानाबाट नेपालीहरूकै मृत्यु भइसकेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले शनिबार पक्राउ गरेको हो।
नर्भिक अस्पतालमा कोरोना संक्रमणबाट बिरामीको मृत्यु भएको अफवाह फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
कोरोनाबाट मृत्यु भएको आरोपमा एक जनालाई पक्राउ गरिएको ब्यूरोका निमित्त प्रमुख एसएसपी नवीन्द्र अर्यालले पुष्टि गरे।
'हामीले पक्राउ गरेका छौं। थप अनुसन्धान जारी छ। अनुसन्धान जारी रहेको अवस्थामा नाम भने नखुलाऔं,' उनले भने।
यसअघि नर्भिक अस्पतालले पनि विज्ञप्ति जारी गर्दै कुनै पनि बिरामीको कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा मृत्यु नभएको स्पष्ट गरिसकेको छ।