काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)का विषयमा अस्पतालहरुमा द्विविधा रहेको भन्दै चार बुँदे निर्णय गरेको छ।
मन्त्रालयले अस्पतालहरुलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सम्बन्धी सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो। तर, उक्त निर्देशनपछि अस्पतालहरुले ओपिडी सेवा नै बन्द गर्ने हो वा होइन भन्ने विषयमा जिज्ञासा राख्न थालेपछि मन्त्रालयले ४ बुँदे निर्णय गर्दै ओपिडी सेवा सञ्चालन गर्ने स्पष्ट पारेको छ।
ओपिडी सेवा सञ्चालन भएपनि अस्पतालबाट प्रदान गरिरहेको विस्तारित स्वास्थ्य सेवा हाललाई दुई हप्ताका लागि स्थगन गर्ने मन्त्रालयले निर्णय गरेको छ।
मन्त्रालयले ज्वरोका बिरामीका लागि छुट्टै ज्वरो क्लिनिकबाट सेवा दिन पनि भनेको छ।
नियमित फलोअपमा आउने बिरामीहरु (जसलाई उपचार नगर्दा थप जोखिम हुँदैन), नियमित जाँच तथा शल्यक्रियाहरु दुबै आगामी दुई हप्तासम्मका लागि स्थगन गर्ने, अस्पतालले ज्वरोको लक्षण भएका बिरामीका लागि फिभर क्लिनिक सञ्चालनमा ल्याउने र कोरोनाको संभावित संक्रमण देखिएकामा सोही अस्पतालमा बिरामीलाई आइसोलेसनमा राखी नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने मन्त्रालयको निर्णयमा उल्लेख गरिएको छ ।
बिरामीलाई थप जोखिमबाट बचाउन र अनावश्यक भीडभाड कम गर्न मन्त्रालयले आग्रह गरेको छ।
यस्तो छ ४ बुँदे निर्णय
