काठमाडौं- सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्ने तयारी गरेको छ।
यसका लागि मन्त्रालयले सातै प्रदेशमा पत्राचार गरेको जानकारी मन्त्रालयले दिएको छ।
आइतबार मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई सबै तहमा खटाउने व्यवस्था मिलाउन सातै प्रदेश सरकारलाई पत्र पठाएको हो।
मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एमबिबिएस, एमडि/एमएस गरेका डाक्टरलाई कोरोना भाइरसको रोकथाममा परिचालन गर्न निर्देशन दिएको छ।
साथै, निजी मेडिकल कलेजसँग समन्वय गरी त्यहाँ अध्ययनरत एमबिबिएस, एमडि/एमएसका विद्यार्थीलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा परिचालन गर्न पनि निर्देशन दिएको हो।
मन्त्रालयले एमबिबिएस, एमडिएम सकेका चिकित्सकलाई कार्यरत संस्थाको न्यूनतम सेवा प्रवाह नरोकिने गरी खटाउन पनि सूचित गरेको छ।
.jpg)