मुख्य समाचार

५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने सरकारको निर्णय

मन्त्रीहरुले एक महिनाको तलब दिने

काठमाडौं-  सरकारले कोरोना प्रभावितको उपचारका लागि ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषदको बैठकले ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने र त्यसमा नेपाल सरकारका मन्त्रीहरुले एक महिनाको तलब योगदान दिने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषदले सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पताललाई उपचार कक्षका रूपमा विकास गर्ने निर्णय गरेको छ।

बलम्बुमा रहेको यो अस्पताल अन्य अस्पतालको तुलनामा एकान्तमा रहेको र भीडभाड कम हुने भएकाले कोरोना उपचारका लागि तयार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो। 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थापन सहज बनाउन सम्पूर्ण निकायबीच समन्वय गर्ने पनि निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसैगरी, सरकारले एक सातासम्म चीन र भारतको नाकाबन्दी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको यो निर्णय सोमबार बिहान १० बजेबाट लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने