काठमाडौं- सरकारद्वारा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनले पनि सहयोग गर्ने भएको छ।
५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा चौधरीले गरेका छन्।
‘नर्भिक/ बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं’, चौधरीले ट्विट मार्फत जानकारी गराएका छन्।
मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एकमहिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।