काठमाडौं- सरकारले उपत्यका बाहिरका तीन अस्पतालमा कोरोना भाइरस परीक्षण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको छ। जसमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जका प्रयोगशालाहरुमा कोरोना भाइरस (कोभिड-१९ टेस्टिङ) परीक्षण कार्य सुरु गर्ने निर्णय गरेको हो।
मंगलबार नोभल कोरोना राेग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ती अस्पतालमा यथाशीघ्र परीक्षण कार्य सुरु गर्न प्रयोशाला परीक्षण सामग्री र तलिमको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हाे।
सोही स्थानहरुमा प्रयाेगशाला परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाई मार्गबाट काठमाडौं ल्याइने भएको छ। त्यसकाे व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको समवन्यमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयलाई व्यवस्था मिलाउन निर्देशन दिएको छ।
यस्ता छन् बैठकका ८ बुँदे निर्णय
