काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले उपचारमा रहेका बिरामी वा अन्य व्यक्तिलाई स्वास्थ्य परामर्श चाहिएमा फोनमार्फत सेवा दिने भएको छ।
कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि अस्पतालले चिकित्सकीय परामर्श आवश्यक भएकालाई फोनमार्फत नै सेवा दिने व्यवस्था मिलाएको हो।
अस्पतालले विभिन्न २४ विभागका विशेषज्ञ चिकित्सक, नर्सिङलगायतसँग परामर्श लिनसकिने भन्दै सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सार्वजनिक गरेको छ।