मुख्य समाचार

सार्क क्षेत्रका स्वास्थ्य अधिकारीबीच भिडियो कन्फ्रेन्स

सूचना आदानप्रदानका लागि संयन्त्र बनाउने सहमति

काठमाडौं– कोराना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएका बेला दक्षिण एसियाली सहयोग संगठन (सार्क) क्षेत्रका स्वास्थ्य अधिकारीहरुबीच छलफल भएको छ।

बिहीबार भएको भिडियो कन्फ्रेन्समा कोभिड–१९ आपत्कालीन मेकिडल प्रतिक्रियाबारे सूचना आदान–प्रदान गर्न साझा संयन्त्र बनाउने सहमति पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तो संयन्त्र अप्रिल १३ सम्म कायम रहने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा २ चैतमा भएको सार्क क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्समा पाकिस्तानले सार्क क्षेत्रका स्वास्थ्य मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्स गर्नुपर्ने प्रस्ताव राखेको थियो।

उक्त प्रस्ताव बमोजिम मन्त्रीस्तरमा भिडियो कन्फ्रेन्स नभए पनि ती देशका स्वास्थ्य अधिकारीहरुबीच कुराकानी भएको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने