काठमाडौं— सरकारले फिबर क्लिनिक सञ्चालन गर्न २५ हब अस्पताल छुट्टाएको छ। मन्त्रालयको नियमित ब्रिफिङमा स्वास्थ्य सचिव यादव कोइरालले ती क्लिनिकलाई चाहिले आवश्यक सामग्री उपलब्ध गराउने बताएका छन्।
सरकारले केन्द्र र प्रदेशका गरी २५ हब अस्पताललाई १० लाख रुपैँयाका दरले बजेट उपलब्ध गराइएको बताए। सो रकमले तत्काल फिबर क्लिनिकका लागि आवश्यक सामग्री खरीद गर्ने बताए।
ती अस्पतालले फिबर क्लिनिकमा आएका व्यक्तिमध्ये शंकास्पदको नमुना मात्र परीक्षणका लागि पठाउने उनले बताए।
हालसम्म ७ सय शकांसपद बिरामीको कोरोना संक्रमण परीक्षण गरेकोमा ३ जनामा मात्र संक्रमण देखिएको उनले जानकारी दिए।