मुख्य समाचार

डाक्टर तथा स्वास्थ्यकर्मीलाई प्रधानमन्त्री ओलीको ४ सन्देश

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिरहेको समयमा डाक्टर तथा स्वास्थ्यकर्मीलाई ४ वटा सन्देश सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले संकटको यो समयमा बिरामीको सेवामा खटिरहेका डाक्टर तथा स्वास्थ्यकर्मीको साथमा सरकार रहेको पनि बताएका छन्। उनले सरकार चिकित्सक तथा स्वास्थ्यकर्मीको साथमा रहेकाले चिन्तित नहुन पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसका आधारमा सुरक्षा कवच पिपिई सहितका अन्य सामग्रीहरु उपलब्ध हुनेक्रममा रहेको पनि जानकारी दिएका छन्।

यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको चार सन्देश
१. हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं
२. तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं
३. कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गरौं
४. सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने