काठमाडौं— सरकारले कोरोना संक्रमण फैलन नदिन केन्द्र र प्रदेशका २५ हब अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बिफ्रिङमा स्वास्थ्य सचिव यादव कोइरालले २५ हज अस्पताललाई ज्वरो क्लिनिक सञ्चालनको तयारी र आवश्यक सामग्री खरीद गर्न १० लाख रुपैँयाका दरले बजेट निकासा गरिएको जानकारी दिए।
ती क्लिनिकमा ज्वरोका बिरामीको मात्र जाँच गरिनेछ। कोरोना संक्रमणको शस्कास्पद व्यक्तिको नमुना परीक्षणका लागि केन्द्रमा पठाउने व्यवस्था मिलाइएको सचिव कोइरालाले बताए।
यी हुन् २५ हब अस्पताल
महाकाली अञ्चल अस्पताल
डडेलधुरा अस्पताल
सेती प्रादेशिक अस्पताल
भेरी अस्पताल
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ति प्रादेशिक अस्पताल
लुम्बिनी अस्पताल
भरतपुर अस्पताल
नारायणी अस्पताल
जनकपुर अस्पताल
गजेन्द्र नारायण सिहं सगरमाथा अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
कोशी अस्पताल
मेची अस्पताल
धुलिखेल अस्पताल
पाटन अस्पताल
भक्तपुर अस्पताल
सिभिल अस्पताल
शिक्षण अस्पताल
विरेन्द्र सैनिक अस्पताल
वीर अस्पताल
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
धौलागिरी अंचल अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रादेशिक अस्पताल सुर्खेत