काठमाडौं- कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक बढी पुगेको छ।
शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन्।
अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको वेबसाइटमा प्रकाशित तथ्यांकअनुसार चीनमा ८१ हजार ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको छ। इटालीमा सो संख्या ८१ हजार ७ सय ८२ छ।
विश्वव्यापी रुपमा ५ लाख २५ हजार ९३ जनालाई कोरोना संक्रमण भइसकेको छ भने १ लाख २२ हजार १ सय ५० जना उपचारपछि निको भइसकेका छन्।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको विश्वव्यापी तथ्यांक भने २४ हजारको नजिक पुगेको छ।
नेपाली समय अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा यो भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ९ सय ५६ पुगेको छ। सबैभन्दा बढी मृतकको संख्या इटलीमा छ। इटलीमा हालसम्म ८ हजार २ सय १५ को मृत्यु भएको छ।