काठमाडौं- मुटुको समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नै डिस्चार्ज हुने भएका छन्। उनी शुक्रबार नै डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहलाई उधृत गर्दै जानकारी दिएका छन्।
प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एन्ड भस्कुलर ट्रान्सप्लान्ट सेन्टरममा उपचाररत छन्।
प्रधानमन्त्री ओलीको मुटुको चाल अस्वाभाविक भएपछि गएराति अस्पताल लगिएको थियो।
अहिले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको पनि जनाइएको छ।