काठमाडौं- सरकारले काठमाडौंको ३ अस्पतातालमा १३ जना व्यक्तिलाई आइसोलेसन राखेको छ। कोरोना आंशकामा उनीहरुलाई अस्पतालमा राखिएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुस्थित सरुवारोग अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा ३ जना व्यक्ति आइसोसेसनमा राखिएको जानकारी दिए।
उपत्यकाबाहिरका संघ अन्त्गतका अस्पताल र प्रदेशका अस्पतालमा पनि आइसोलेसनमा रहेको भएपनि तथ्यांक नआएको उनले जानकारी दिए।
उनले हालसम्म ८०२ जना व्यक्तिमा कोरोना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको र २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको बताए। उनका अनुसार दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ। एक जना भने उपचारपछि निको भइसकेका छन्।
मन्त्रालयले व्यवस्थ गरेको कल सेन्टरमा २४ घण्टामा ६ हजार २ कल आएको जानकारी दिए।