काठमाडौं- सरकारले कोरोना उपचारमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग हुने सुरक्षा कवच (पिपिई)लगायतका मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार दिउँसो साढे १२ बजे चीन उड्ने भएको छ।
दिउँसोका साढे १२ बजेको भएपनि १२ देखि १ बजेसम्ममा जहाज नेपालबाट उडिसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
जहाज भोलि राती ११ बजेसम्ममा नेपाल फर्किसक्ने बताइएको छ।
जहाजमा‚ नेपाल एयरलाइन्सका चालक दलका सदस्यसहित स्वास्थ्य मन्त्रालयको टोली रहने छ।
मेडिकल सामानहरु सबै खरिद गरिसकिएको जनाइएको छ।