काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भारइस संक्रमणको परीक्षण सुरु हुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाटो परीक्षणका लागि आवश्यक सबै तयारी सम्पन्न भएको भन्दै आजैबाट परीक्षण सुरु गर्ने जानकारी दिए।
उनले कोरोना संक्रमति परीक्षणका लागि हेटौडा, पोखरा र नेपालगञ्जमा पनि ल्याबको व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले त्यसको सम्भाव्यताका लागि मन्त्रालयको टोली ती स्थानतर्फ गएको जानकारी दिए।
उनले कोरोना संक्रमितको उपचारका लागि आवाश्यक सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन गएको र आज (शनिबार) बेलुकासम्म आइपुग्ने बताए। विशेष गरी उपचारका लागि चाहिने व्यक्तिगत सुरक्षा कवच, ल्याब्रोटरी सामग्रीलगायतका चिकित्सकीय सामग्री चीनबाट ल्याउन लागिएको बताइएको छ।
प्रवक्ता डा देवकोटाले शनिबारबाट थप कल सेन्टर पनि सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार शनिबार ११३३ नम्बरको नयाँ कल सेन्टर सञ्चालनमा ल्याएको छ।
उनले पुरानो नम्बर १११५ पनि यथावत रहने जानकारी दिए। उक्त कल सेन्टरमा २४ घन्टामा ६ हजारभन्दा बढी कल आएको देवकोटाले बताए।
मिडिया ब्रिफिङका क्रममा उनले शनिबार पाँचौ व्यक्तिमा पनि संक्रमण देखिएको जानकारी दिए।