एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएकी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नि सोफी ग्रिगाइरे उपचारपछि निको भएकी छिन्।
ग्रिगाइरेले शनिबार आफू निको भएको बताएकी छिन्। ‘म ठीक महसुस गरिरहेकी छु,’ सामाजिक सञ्जालमा एउटा वक्तव्य राख्दै उनले भनेकी छिन्।
चिकित्सक र ओटवा सार्वजनिक स्वास्थ्यबाट आफूले निको भएको प्रमाण पाएको उनले बताएकी छिन्।
क्यानडाको प्रधानमन्त्री कार्यालयले गत मार्च १२ मा उनी कोरोना भाइरस संक्रमित भएको घोषणा गरेको थियो। उनी लन्डन भ्रमणबाट आएपछि अस्वस्थ भएकी थिइन्।
प्रधानमन्त्री ट्रुडो र उनको परिवार घरमै ‘सेल्फ आइसोलेसन’मा रहेका छन्। उनी र उनका तीन छोरीलाई अहिलेसम्म कोरानाको लक्षण देखिको छैन।