डा अरुण शाही
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन क्यान्सर रोगीहरुले ध्यान दिनु पर्ने केही कुराहरु हुन्छन्। आजसम्म उपलब्ध सोध र अनुसन्धानको प्रमाणहरुको आधार निम्न बुँदाहरु तयार गर्न सकिन्छ।
१. सामाजिक दूरीको अनुसरण गर्नुहोस् र सकेसम्म घरभित्रै बस्नुहोस्।
२. किमोथेरापी लिइरहेका क्यान्सरका बिरामीहरुलाई विभिन्न इनफेक्सन लगायत कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम हुन्छ। साथै, यस्ता बिरामीहरुलाई संक्रमणको जटिलताको पनि जोखिम हुन्छ। किनभने. समान्य रोगभन्दा क्यान्सरका बिरामीहरुको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ।
३. वृद्ध बिरामीहरु, रगतको क्यान्सर भएका बिरामीहरु, बोनम्यारो प्रत्यारोपण गरेका बिरामीहरुलाई कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुन्छ।
४. तपाईको अन्कोलोजिस्टको परार्मशमा palliative किमोथेरापीमा ढिलाई गर्ने विचार गर्नुहोस्। तपाईंले क्यान्सर रोग आफूमा बढ्ने जोखिमसँगै कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिमको सम्भावनाका बीचमा सन्तुलनको आधारमा किमोथेरापी जारी राख्ने वा रोक्ने वा ढिलाई गर्ने विषयमा तपाईको अन्कोलोजिस्टसँग छलफल गर्नुहोस्। फोन, इमेल भाइबरबाट सल्लाह लिन सक्नुहुन्छ। कृपया तपाईंको अन्कोलोजिस्ट वा अन्य चिकित्सकहरुको साथ अनावश्यक भेटलाई स्थगित गर्नुहोस्।
५. यदि तपाई किमोथेरापी जारी राख्ने निर्णय लिनुहुन्छ भने यस्को मतलब तपाईले वर्तमान कोरोना भाइरस कोभोभिड १९ को प्रकोप स्थितीमा किमोथेरापी गर्दा आइलाग्ने जटिलता र जोखिमको बारेमा राम्ररी बुझ्नु भएको छ।
६. कृपया अहिलेको अवस्थामा रेस्टुरेन्ट, सार्वजनिक यातायात, क्लिनिक, अस्पतालको पर्खाइ कक्षबाट टाढा रहनुहोला।
७. इम्युनोथेरापी, टार्गेटेड थेरापी, एन्टी एजियोजेनिक थेरापी, मेन्टिनेन्स थेरापी उपचारमा संलग्न बिरामीहरुको हितमा आफ्नो अन्कोलोजिस्टसँग परार्मश लिएर उपचार रोक्ने वा नियमित जारी गर्ने निर्णय ‘केस टु केस’ आधारमा गर्नुपर्ने हुन्छ।
८. केही जाँच जस्तै, पल्मोनरी फंक्सन टेस्ट, ब्रोन्कोस्कोपी, एन्डोस्कोपी, दन्त मुल्यांकन आदि बिरामी एवम् स्वास्थ्यकर्मीको बीचको जोखिम, लाभ अनुपात ध्यानपूर्वक तौलपछि न्यायसंगत तरिकाले प्रयोग गर्नुपर्ने हुन्छ।
९. यदि तपाईंलाई सम्भावित कोभिड-१९ भएको छ भने डाक्टर वा स्थानीय सरकारी स्वास्थ्य अधिकारीहरुलाई खबर गर्नुहोस्।
१०. कृपया साबुन र पानीले मिचिमिची हात धुनुहोस् र साथै व्यक्तिगत सुरक्षाका नियमहरुको पालना गर्नुहोस्। सरकार र स्थानीय अधिकारीहरुले दिएका सबै निर्देशन र सिफारिसहरुको पालन गर्नुहोस्।
यी सल्लाह र सुझावहरु अस्थायी तर सम्भावित जीवन बचाउने उपायहरु हुन्। जुन तपाईंले कोरोना भाइरस (कोभिड १९) प्रकोप नियन्त्रण नभएसम्म अनुसरण गर्न जरुरी छ।
(डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, मेडिकल अकोलोजिस्ट हुन्।)