धरान– बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षणका लागि काठमाडौं पठाईएका सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको छ।
आइतबारसम्ममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेक्समा आफ्नो स्वास्थ्य परीक्षणमा आएकाहरुको संख्या ९८ पुगेको छ। जसमध्ये आशंका गरी आइसोलेसनमा भर्ना भएका १९ जनाको थ्रोट स्वाब परीक्षणका लागि काठमाडौं पठाईएको थियो।
आइतबार साँझ प्राप्त रिपोर्ट अनुसार १९ जनामै कोरोना नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐरले जानकारी दिए।
अहिले प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका १० जनामध्ये ६ जना डिस्चार्ज भइसकेका छन्। ४ जनालाई भने आईसोलेसन वार्डमा ४ राखिएको डा ऐरको भनाइ छ।
प्रतिष्ठानको हेल्प डेक्समा आएकामध्ये ९ जना सरकारी क्वारेन्टाईनमा र बाँकी ७९ जनालाई सेल्फ होम क्वारेन्टाईनमा पठाईएको उनले बताए।
