बैतडी- भारतको धार्चुलामा रहेका नेपाली कामदार नेपाल प्रवेश गर्ने पुल बन्द हुँदा पौडी खेलेर नेपाल आउन थालेका छन्। सोमबार बैतडीकाे डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री महाकालीमा नदी पौडिएर पार गरी नेपाल आएका छन्।
उनी भारतको रीमामा मजदुरी गरी घर फर्किँदा नेपाल लकडाउन तथा सीमा क्षेत्र बन्द भएपछि भारतको धार्चुलामा तीन दिनदेखि अलपत्र थिए। नेपाल आएका उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ।
पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए।
नेपाल आउन दिनुपर्ने आफूहरुकाे माग रहेको उनको भनाइ छ। अहिले दार्चुला सीमा नाकामा ३ सय बढी नेपाली रोकिएका छन्।
प्रहरीले पक्राउ गरेर ल्याएपछि उनले भने, ‘हाम्रा बच्चाकाे जिम्मा कसले लिन्छ? केपी शर्माले लिने हो? कि सांसद गणेश ठगुन्नाले जिम्मा लिने हो?’
उनको प्रश्नपछि प्रहरीले कताबाट आएको भनेर सोध्दा उनले प्रहरीलाई पुल बन्द भएपछि खोलामा पौडी खेलेर आएको जवाफ दिए। उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको हो। पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए।
सरकारले नेपाल आउन दिनुपर्ने आफूहरुकाे माग रहेको उनको भनाइ छ। अहिले दार्चुला सीमा नाकामा ३ सय बढी नेपाली रोकिएका छन्।