मुख्य समाचार

२४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन् : प्रवक्ता डा देवकोटा

संक्रमितको सम्पर्कमा आएकामा पनि भेटिएन कोरोना

काठमाडौं- कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको  नमूना परीक्षण गरिएको थियो। 

हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार चार बजेअघि रिपोर्ट आएका ७६ जना श‌ंकास्पद बिरामीमा पनि कोरोना देखिएको छैन।

कोरोनाको आशंकामा काठमाडौंमा ७ जना आइसोलेसनमा छन्। तीन वटा अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने