डा पुष्कर काफ्ले
करीब तीन महिना पहिलेबाट विभिन्न सञ्चारमाध्यममा कोरोना भाइरस सम्बन्धी समाचार प्रकाशन तथा प्रशारण भइरहेको थियो। त्यही समयदेखि सचेत हुनुपर्ने हो, तर हामीले बेवास्ता गर्यौं।
फागुन महिनामा मात्रै ५० हजार बढी चीन लगायत अन्य मुलुकका नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तथ्याड्ढ छ। टेष्टिङ फ्रिक्विन्सी नभएकाले संक्रमितको संख्या बाहिर देखिएन। परीक्षण र ट्र्याप विधि फितलो भयो। विदेशबाट नेपाल भित्रने नागरिकमा सरकारले प्रभावकारी परीक्षण गर्नु पर्ने थियो। त्यही समयदेखि सरकारले विशेष सतर्कता अपनाउन सक्थ्यो।
सरकारले नै नेपाल सुरक्षित छ भनी गलत सूचना प्रशारण गर्यो। त्यसैले पनि हुन सक्छ, नेपाली तथा विदेशी नागरिक सुरक्षित गन्तव्यको रुपमा नेपाल पर्न गयो।
कोरोनाको संक्रमण चीनको वुहान प्रान्तबाट एकै किसिमको उच्च ज्वरो र खोकी देखा पर्न थालेको थियो। समयमा परीक्षण गर्न नसक्नु र उचित तवरको सुरक्षा अपनाउन नसक्दा संक्रमितको संख्या बढेर गएको हो। जसको प्रभाव नेपाल लगायत विश्वमा हाल यसले महामारीको रुप लिएको छ।
हामीले के विधि अपनाउनु पथ्र्यो र के भैरहेको छ ?
१) हाल देशका विभिन्न स्थानमा सरकारी र नीजिमा गरी नयाँ अस्थाई आइसोलेशन युनिट क्यारेनटाइनका रुपमा स्थापना गरिएको काम तीन महिना हुनु पर्ने थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका व्यक्तिका लागि १४ दिन राख्न सकेको भए आज करौडौं बराबरको स्वास्थ्य सामग्री नै चाहिने अवस्था आउने थियो न त लकडाउन नै।
२) स्नो बल संक्रमण तथा मल्टिफिकेशन रोक्न सीमा नाकामा आइसोलेशन डेस्क स्थापना गर्नुपथ्र्यो।
३) टेष्टिड्ड फ्रिक्वेन्सी नभएको हुनाले संक्रमित संख्या बाहिर नदेखिएको, परीक्षण र ट्र्याप विधि फितलो हुनु, स्वास्थ्य सामग्री र आवश्यक स्रोत नहुनु र नेपाल सुरक्षित छ भनेर प्रचार गर्नु।
४) विदेशबाट नेपाल आउने व्यक्तिको पुरा र प्रष्ट विवरण राख्न नसक्नु र घर पठाउँदा सुरक्षित रुपमा पिपिईको (पर्शनल प्रोटेक्टिड्ड इक्युप्मेन्ट) व्यवस्था गरी घरमा सुरक्षित बस्ने सल्लाह दिन नसकिएको।
हालको अवस्था
१) पानीमा विषादी प्रयोग भई बिरामीको खोजी र उपचार गर्ने काम भएको।
२) माथिल्लो निकायबाट हुनुपर्ने काम तल्लो निकायबाट भइरहेको र आइसोलेशन गरी घर गाउँ पठाउनुपर्नेमा त्यसो गर्न नसकिएको ।
३) रोग लाग्नु भन्दा लाग्न नै नदिनु भन्ने कुरा नारामा मात्रै सीमित हुनु।