काठमाडौैं- नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमित फेला परेकी छिन्। उनी बाग्लुङ जिल्लाको महिला रहेको बताइएको छ।
उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन।
यसअघि पाँचौ संक्रमित पनि बागलुङकै थिइन्। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्।
यो सहित कतार एयरबाट ४ गते नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।
उनी नेपालमा दोस्रो संक्रमण देखिएको युवतीसँगै कतार एयरबाट आएकी थिइन्। काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्।