डा पदम नेपाली
राति सुतेर भोलिपल्ट आँखा खोल्ने बेलासम्म कोरोना भाइरसको कारण धर्तिमा ४/५ हजार मान्छेले मृत्युवरण गरिसकेका हुन्छन् भने थप ५०/६० हजारभन्दा बढी व्यक्तिमा संक्रमण फैलिसकेको हुन्छ। यो निकै भयावह अवस्था हो।
कोरोनाको संक्रमणले नेपाललाई भने धेरै सताइसकेको छैन। ६ जनामा पोजेटिभ केस र एक जना निको भइसकेको बाहेक त्यति धेरै समस्या प्रकाशमा आएको छैन। देशैभरि लक्षण अनुसार संकास्पद भनी आइसोलेसनमा उपचार भइरहेको संख्या पनि १५० भन्दा बढी नभएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाल सरकारले गरेको एक हप्ताको लकडाउन पूरा भई थपिएको दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्था छ्र यो अवधिमा रोगको तथ्यांक हेर्दा नेपालको अवस्था नियन्त्रणभित्रै रहेको बुझ्न सकिन्छ्र। अबको हप्ता पनि यस्तै अवस्था कायम भयो भने निकै यसको नियन्त्रणमा थप बल पुग्नेछ्र।
विश्व महाशक्ति अमेरिका र युरोपियन देशहरु यसको आक्रमणबाट थला नै परेका छन्। संसारकै उत्कृष्ट स्वास्थ्य संरचना, स्वास्थ्य सेवा र उपचार विधि भएका अमेरिका, इटाली, स्पेन, जर्मनी फ्रान्स सबै अहिले कोभिड १९ को महामारीको चपेटामा परेको छ्र। इटालीमा १३ हजार र अमेरिकामा ६ हजार बढीे व्यक्तिले ज्यान गुमाइसकेका छन् भने अहिलेसम्म १० लाख भन्दा बढीमा संक्रमण फैलिएको छ।
यस्तो उच्च स्वास्थ्य सुविधा र आर्थिक हैसियत भएका देशहरुले समेत यसको रोकथाम गर्न नसक्नु भनेको रोग फैलिसकेपछि जस्तोसुकै संरचना र शक्ति पनि यसका सामु निरीह हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो। त्यसैले रोग फैलन नदिने उपायहरु अबलम्वन गर्नु कोरोना विरुद्धको रामवाण सावित भएको छ।्र
विश्वमा कोभिड १९ को विकासक्रम
डिसेम्बर महिनाको अन्त्यतिर चीनले वुहान प्रान्तमा अनविज्ञ किसिमको रोगका धेरै बिरामीहरु असाधारण निमोनियाबाट ग्रसित भई अस्पतालमा आइरहेको कुरा उल्लेख गर्यो। ३१ डिसेम्बरमा उक्त कुरा डब्लुएचओलाई जानकारी गरायो। १ जनवरीबाट वुहानस्थित समुद्री सामानहरु किनबेच हुने होलसेल बजार बन्द गरियो।
जनवरी ११ मा चीनले कोभिड १९ को संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको घोषण गरेको थियो। त्यसयता १० देखि १७ जनवरीसम्म अन्य मृत्यु देखिएन। २२ जनवरी सम्ममा चीनले १७ जनाको मृत्यु र ५५० भन्दा बढीमा संक्रमण व्यहोर्न पुग्यो।
लगत्तै २३ जनवरीबाट लागू हुनेगरी वुहानमा निकै नै प्रभावकारी लकडाउन लागू गरियो। हुवेई, छिन्ताओ र छिवी प्रान्तमा समेत उस्तै प्रावधानहरु लागू गरियो। बेइजिङमा जनवरी २५ बाट सुरु हुने चिनियाँहरुको नयाँ वर्ष लुहारको उपलक्ष्यमा आयोजना हुने सबै कार्यक्रमहरु स्थगित गरियो।
चीन सरकारले अरु कुनै कुराको पारवाह नगरी आफ्नो सम्पूर्ण शक्ति र विधि प्रयोग गरी रोग नियन्त्रणमा केन्द्रित भयो। त्यहाँ १ हप्तामै कोरोना बिरामीहरु राख्ने १००० बेडको अस्पताल निर्माण गरेको समाचारले समेत चर्चामा पायो। चीनले मानिसहरुको स्वास्थ्य र जीवनसँग अरु केही पनि तुलना गर्ने नसकिने भावसहित रोग नियन्त्रणलाई नै मुख्य प्राथमिकतामा राखेको देखियो।
फेब्रुअरी २० मा दक्षिण कोरियाले कोभिड १९ को संक्रमणले पहिलो मृत्यु भएको जनायो। त्यतिबेलासम्म चीनमा २,११८ जनाको मृत्यु भइसकेको थियो भने संक्रमित संख्या ७४,५५६ पुगिसकेको थियो। २१ फेब्रुवरीमा दक्षिण कोरियामा दोस्रो व्यक्तिको मृत्यु भइरहँदा र संक्रमितको संख्या २०४ पुग्दा इटालीमा ३ जनामा नयाँ संक्रमण सहित जम्मा ६ जनामा मात्र कोभिड १९ देखिएको थियो।
त्यसको अर्को दिन २२ फेब्रुअरीमा दक्षिण कोरियामा एकै दिन नयाँ २२९ जनामा संक्रमण फैलिएको पाइयो। त्यस बेला चीनमा भने नयाँ संक्रमितको संख्या मात्र ३९७ देखिदै संक्रमणको क्रम घट्न थालेको संकेत देखिन थालिसकेको थियो। मार्च ३ मा इरानमा एकै दिन ५४ जनाको मृत्यु भयो भने इटालीमा १६८ जनाले ज्यान गुमाए।
१२ मार्चमा आइपुग्दा चीनमा विगत ३ हप्ताकै कम केसहरु, जम्मा १५ केस मात्र देखियो।
१९ मार्चमा इटालीले कोभिड १९ बाट भएको मृतकको संख्यामा चीनलाई उछिन्यो। त्यतिन्जेल चीनमा ३,१४५ जनाको मृत्यु भएको अवस्थामा इटालीमा उक्त संख्या ३,४०५ पुग्यो।
अप्रिल २ सम्म आइपुग्दा युरोपेली देशहरुमा मृतक र संक्रमितको संख्या निरन्तर उकालो लागिरह्यो भने चीन, दक्षिण कोरिया लगयातका एसियन देशहरुमा अवस्था नियन्त्रणमै देखियो। चीनमा पछिल्लो २४ घन्टामा मात्र ३६ नयाँ केस र ७ जनाको मृत्यु भएको पाइयो र जम्मा संक्रमित संख्या ८१,५५५ र मृतक सख्या ३३१२ मा स्थिर रहेको छ्र।
पछिलो २४ घन्टामै दक्षिण कोरियामा मात्र ४ को मृत्यु र १०१ नयाँ केस सहित जम्मा मृतक संख्या १६५ र जम्मा संक्रमित ९,८८७ मै सीमित देखिएको छ।्र भारतमा पनि जम्मा ५८ जनाको मृत्यु र १,९९८ जना संक्रमित संख्या सहित अवस्था नियन्त्रण भित्रै रहेको छ।
उता अमेरिकामा भने एकै दिनमा २६,४७३ नयाँ संक्रमि थपिएर जम्मा २,१५,००३ जना संक्रमित भएका छन् भने २४ घन्टा भित्रै १,०४९ जनाको मृत्यु भई जम्मा मृतकको संख्या ५,१०२ पुगेको छ्र। जम्मा १,१०,५७४ संक्रमित र २४ घन्टामा ७२७ नयाँ मृतक सहित जम्मा १३,१५५ मृतकको संख्या भएर इटाली पनि त्यतिकै प्रभावित छ्र।
स्पेनमा पनि २४ घण्टाभित्र ९२३ मृतक सहित जम्मा मृतक संख्या ९,३८७ पुगेको छ र जम्मा संक्रमित संख्या १,०४,११८ पुगेको छ्र। जर्मनी, फ्रान्स, बेलायत, बेल्जियम, नेदरल्यान्डमा पनि दैनिक मृत्यु संख्या १०० भन्दा बढी रहेको छ भने नयाँ केसहरु समेत उल्लेख्य रुपमा बढिरहेको छ।
किन यो द्रुत गतिमा फैलिरहेको छ ?
कतिपय कोभिड १९ संक्रमितहरुमा कुनै पनि लक्षणहरु नदेखिने, उनीहरु सामान्य र स्वस्थ देखिने तर उनीहरुबाट अन्य धेरै जनामा रोग सर्ने गरेको तथ्यहरु फेला परेका छन् उनीहरु स्वस्थ देखिए पनि उनीबाट सरेपछि कमजोर प्रतिरक्षा प्रणाली हुनेहरुलाई यसले सताउने गर्दछ र मृत्युसम्म पुर्याउन सक्छ।
यसलाई सामान्य ज्वरो र रुघाखोकी लागेको बिरामीबाट स्पष्ट रुपमा छुट्याउन कठिन छ। जसले गर्दा कहिलेकहीँ सामान्य रुघाखोकी लागेको बिरामी ठानेर टेस्ट नगएको विरामिबाट यो फैलन सक्छ।
बालबालिकामा प्रायः यसले धेरै जटिल समस्याहरु पैदा गर्दैन र टेस्ट गर्नबाट छुट्न सक्छन। अर्को कुरा बालबालिका धेरै जनाको सम्पर्कमा जान सक्छन्। त्यसैले बालबालिका बाट पनि यो धेरै जनामा सर्न सक्छ।
यसको भ्याक्सिन र निश्चित उपचार पद्धति पत्ता लागिनसकेको हुनाले यसको नियन्त्रण कठिन भइरहेको छ।
विश्वव्यापी रुपमा टेस्ट किटहरुको अभाव हुनु जसले गर्दा सबै सम्भावितको टेस्ट र क्वारेन्टाइनिङ सम्भव नहुनु।
यो रोग नयाँ भएको र यस सम्बन्धी अध्ययन र अनुसन्धान पर्याप्त नहुनुले पनि समस्या सिर्जना गरेको छ। डब्लुएचओले जारी गरेको कतिपय सन्देश र जानकारीहरु समेत पटकपटक फेल खाएको छ। अझ मुख्य रुपमा यसको नियन्त्रण हुन् नसक्नुमा विश्वको भूराजनीतिक र आर्थिक स्वार्थहरु प्रमुख दरिएका छन्।
किन यो अमेरिका र युरोपमा उच्च रुपमा फैलिरहेको छ?
सिएनएनकर्मी अनिल माइत्रा लेख्छन्, नवउदारवादी शासक र यसका पक्षधरहरु यस्तो आपतकालीन अवस्थामा सरकारले शक्ति प्रयोग गरी लागू गर्ने लकडाउन, क्वारेन्टाइनिङ र स्वतन्त्रमा गरिएको निगरानीलाई अनावश्यक वा स्टेट अफ एक्ससेप्सनको रुपमा व्याख्या गर्छन्।
नवउदारवादीहरुको प्राथमिकतामा सर्वसाधारणको जीवन भन्दा उनीहरुको नाफाआर्जन र आर्थिक उन्नति पर्छ्र। राज्य र सरकार समेत निजी क्षेत्र र कर्पोरेटको नियन्त्रणमा रहन्छ। उनीहरुको स्वार्थ बाहिर गएर सरकाले निर्णय गर्न कठिन हुन्छ।
यसै कारणले इटाली र अमेरिकाले समयमै लकडाउन लगायतको उपायहरु लागू गरेनन्। जब बाध्य भएर इटालीको सरकारले फेब्रुअरीको अन्तिम साता क्वारेन्टाइनिङ र सोसल डिस्ट्यानसिङको आहवान गर्यो, त्यसको विरोद गर्दै इटालियन नवउदारवादी फिलोसपÞmर जर्ज अगाम्बेनले त्यसो गर्नुलाई स्टेट अफ एक्ससेप्सनको रुपमा व्याख्या गरे र त्यो उचित नभएको वकालत गरे। भलै कोभिड १९ ले धेरैको मृत्यु भएपछि उनको आवाज मथ्थर भयो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ मार्चका दिनबाट न्युयोर्कमा क्वारेन्टाइन लागू गर्न दिएको पूर्वसंकेत विपरीत क्वारेन्टाइन जारी गर्न नहुने घोषणा गरे र ट्राभल एडभाइजारी मात्र लागू गरे। लकडाउन जारी गर्दा अमेरिकाको आर्थिक स्थिति पछाडि धकेलिन्छ भन्ने उनको मुख्य चिन्ता छ। उनीहरुलाई सर्वसाधारणको जीवन भन्दा पनि आर्थिक गतिविधि यथावत राख्नु महत्वपूर्ण रह्यो।
यसै सन्दर्भमा न्युयोर्कका गभर्नर एन्ड्रिउ क्वामोले राखेको विचार झन् चिन्ताजनक छ। उनि सिएनएनसंग भन्छन्, हामी वुहान चाइना हुन चाहँदैनौं। लकडाउन गरेर हाम्रो वित्तीय क्षेत्रलाई पक्षघात गर्न चाहँदैनौं। यदि लकडाउन गरियो भने हाम्रो वित्तीय क्षेत्र वर्षौं नभए पनि महिनौंसम्म उठ्न नसक्ने गरेर थला पर्नेछ।
हो यस्तै विचारधारा र स्वार्थमा अडिएर युरोप र अमेरिकामा समयमै मानिसहरुको जमघट र गतिविधिमा प्रतिबन्ध लगाइएन। गतिविधि नियन्त्रणका लागि सरकारले गरेको आह्वान समेत मानिसहरुले सुरुका धेरै दिनसम्म अवज्ञा गरिरहे। लकडाउन, क्वारेन्टाइनिङबाट आफ्नो स्वतन्त्रता हनन भएको अनुभूति गरे। निर्वाध रुपमा बाहिर किनमेल जाने, रेस्टुरेन्ट जाने, बाहिर खाना खाने, पार्टी गर्ने, अरुसँग भेटघाट गर्ने आदिलाई निरन्तरता दिए। यसलाई बन्द गर्नु प्रजातन्त्र विरोधी कदम माने। त्यसैको चर्को मूल्य आज उनीहरुले नै चुकाउनु परिरहेको छ।
स्वास्थ्यकर्मीको पिरलो
संसारमा कोभिड १९ को कारण सबैभन्दा धेरै बज्रपात कसैलाई परेको छ भने त्यो स्वस्थ्यकर्मीलाई हो। अमेरिकादेखि संसारभरको नेताहरु अवस्था नियन्त्रणमै भएको जिद्दी गर्छन्, उनीहरुलाई यसको संवेदनशीलता र हृदयविदारक पीडालाई नजिकबाट नियाल्नु परेकै छैन। यसै सन्दर्भमा अमेरिकास्थित एक इमर्जेन्सी रूम डाक्टर स्मिथ कोलेन न्युयोर्क टाइम्ससँग भन्छन्, राष्ट्रपतिदेखि स्वास्थ्य संरचना प्रमुख र अस्पताल प्रमुखसमेत नेतृत्वमा भएकाहरु सबै कुरा ठिक छ भन्छन्, तर हामी स्वास्थ्यकर्मीको दृष्टिमा सबै कुरा ठिक छैन।
मानिसहरुको उपचार गरी उनीहरुको जीवन लम्ब्याउँछु भन्ने दृढताका साथ स्वास्थ्य सेवामा लागेकाहरु अहिले कोभिड १९ को अगाडि निरीह हुनु परेको छ। आफ्नै अगाडि कोभिड १९ का कारण केही घन्टामै दर्जनौं बिरामीले प्राण त्याग गरेको हेर्न विवश छन्। बिरामी र तिनीहरुको बारेमा सोचेर उनीहरुको हृदय छियाछिया भइरहेको छ।
युनिभर्सिटी अफ सिकागो मेडिसिनमा कार्यरत रजिस्टर आइसीयु नर्स सिएनएनसँग भन्छिन्, आफ्नो परिवारको प्रिय मान्छे अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेको अवस्थामा परिवारका अन्य सदस्य भने घरमै बस्नुपर्ने बाध्यताले उनीहरुमा असह्य पीडा दिइरहेको छ। कयौं पल्ट बिरामीहरुको विवरण परिवारका सदस्यहरुलाई अवगत गराउँदा उनीहरुको निराशा र बिरामी चाँडै निको हुने आशा मिश्रित भाव सुनेर नराम्ररी रोएको छु्र।
चिकित्सक र स्वास्थ्यकर्मीलाई आफ्नो, आफ्नो परिवार र आफन्तको चिन्ता पनि छँदैछ। आफ्नोभन्दा पनि अस्पतालमा काम गर्दा संक्रमित भई आफूबाट घरमा आफ्ना सानासाना केटाकेटी र उमेर ढल्केका आमाबाबामा यो रोग सर्ला र उनीहरुलाई केही होला भन्ने चिन्ताले पिरोलिरहन्छ र पोलिरहन्छ।
संसारभर कोभिड १९ का विबामीहरुको उपाचारमा जाँदा प्रयोग गरिने सुरक्षाका सामग्रीहरु (पिपिई) को अभाव देखिएको छ। विकसित मुलुकमा समेत एन ९५ मास्कको कमी हुँदा एउटै मास्क ५ दिनसम्म प्रयोग गर्नुपरेको सुनिएको छ। यसले स्वास्थ्यकर्मीमा ठूलो मनोवैज्ञानिक त्रास सिर्जना गर्छ। कोभिड १९ जस्तो तुरुन्तै सर्ने र प्राण नै लिन सक्ने रोगको उपचारमा पर्याप्त पिपिई बिनै खटिनु नित्तान्त जोखिमपूर्ण कार्य हो।
कोभिड माहामरीलाई एउटा युद्धको रुपमा चित्रित गर्ने हो भने त्यसका विरुद्ध लड्ने सिपाहीहरु भनेको निर्वाध रुपमा चिकित्सक र स्वास्थ्यकर्मीहरु नै हुन्। यस्तो बेला नागरिक, नागारिक समाज, राज्य र राजनीतिक नेतृत्व सबैले चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गर्नु पर्दछ। सुरक्षाका सामग्रीहरु जस्तोसुकै मूल्य चुकाएर भने पनि ड्युटीमा खटिने चिकित्सक स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनै पर्छ।
अन्त्यमा
यो आलेख आइसक्दा मलाई संसारभरका त्रासपूर्ण तथ्यांकहरु समावेश गरेर त्रास फैलाउन खोजेको आरोप आउन सक्छ। तर भोलि हुने ठूलो दुर्घटना र सत्यानाश भोग्नुभन्दा समयमै केही त्रसित र सजग भई त्यस्ता कठिनाइ रोक्नमा थोरै भने पनि भूमिका खेल्नु नै जायज ठानेको छु।
अमेरिकाले केही हुदैन, हामी डराउँदैनौं भन्दाभन्दै आजको स्थितिमा आइपुगिसकेको छ। नेपालमा पनि बाहिर जस्तै तीब्र गतिमा यो रोग फैलियो भने हामीले गर्न सक्ने खासै केही छैन। त्यस्ता विकसित, धनी र महाशक्ति राष्ट्रलाई समेत व्यवस्थापन गर्न हम्मेहम्मे परेको संकट टार्ने क्षमता हामीमा अत्यन्त न्यून छ।
बेलैमा लकडाउन गरेर सरकारले निकै सह्रानीय भूमिका निभाएको छ। अब सरकारको कदममा हामीले साथ दिनु जरुरी छ। लकडाउनलाई नेपाल बन्द जस्तो सोचेर हामी जनताबाट धेरै ठूलो भुल भइरहेको छ।
बिदा मनाएझैं घुम्ने, अतिआवश्यक काम बिनै बाहिर निस्कने, भेला हुने, पार्टी गर्ने, दौडने आदि गरिरहेका छौं। मोटाएको शरीर दौडेर दुब्लाउन सारा जिन्दगी बाँकी छ, मासु र पेय पदार्थ किनेर खान पनि पूरै जिन्दगी बाँकी छ। चोकचोकमा भेला भएर गफ गर्न पनि सारा जिन्दगी बाँकी छ। साथीहरु भेला भएर पार्टी गर्न पनि पूरै जिन्दगी बाँकी छ। यी सबै गर्न पूरा जीवन त छँदैछ तर हामीले बिर्सेको कुरा के हो भने त्यसका लागि हामी बाँच्नु पर्छ र बाँच्नका लागि कोभिड १९ लाई फैलन दिन हुन्न र त्यसका लागि सकेसम्म घरमै बस्नु पर्दछ। सरकारले लकडाउन गरिसकेको छ, अब लकडाउन हुने पालो जनताको हो।