काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतकामा अस्पताल तथा निकायको नियमित कार्यक्रमको बजेट रोक्का गरेको छ।
कोरोनाको कारण देशको आर्थिक गतिविधि प्रभावित भएको भन्दै मन्त्रालयले नियमित कार्यक्रमको बजेट रोक्का गरेको हो।
विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेट अन्तर्गत समावेश गरिएका कार्यक्रम स्थगित गरी आवश्यकता अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण लगायत कार्यक्रममा बजेट प्रयोग गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
२०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेका र बोलपत्र आव्हान भइसकेका बाहेक बाँकी रहेका बजेट तत्काल लागू हुने गरी रोकिएको मन्त्रालयले प्रकाशित गरेको सूचना उल्लेख छ ।
बजेट रोक्का हुनेमा मन्त्रालय अन्तर्गत रहेका विभिन्न सरकारी अस्पतालदेखि विभिन्न निकायहरु रहेका छन् ।
अत्यावश्यक कामको सिलसिलामा अनुमान मूल्यांकनमा जानुपर्ने भए मन्त्रालयका सचिवबाट स्वीकृति लिनुपर्ने मन्त्रालयले निर्णय समेत गरेको छ।