काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा काेभिड-१९काे राेकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन गर्न ११ औं तहका कर्मचारीको नेतृत्वमा टाेली खटाएको छ।
साे टाेलिले खटाइएकाे प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन दिने बताइएकाे छ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टाेलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएकाे हाे।
टाेलिले उपचारका लागि ताेकिएकाे सरकारी वा निजी अस्पतालले आफ्नाे जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका रुपमा वा करार सेवाबाट लिने व्यवस्था मिलाउने काम गर्ने जिम्मेवारी दिइएकाे छ।
मन्त्रालयले प्रदेश १ मा डा सुधा देवकोटा, राजकुमार पाेखरेल र चित्रा खनाल, प्रदेश २ मा माेहम्मद दाउद, डा प्रकाश साह र बाबुराजा अमात्य, बागमती प्रदेशमा राेशनी तुईतुइ, यशाेदा अर्याल र विजयक्रान्ति शाक्य र गण्डकी प्रदेशमा डा तारा पाेखरेल, मदनकुमार श्रेष्ठ र सुदिप आलेमगरकाे टोली खटाएको छ।
त्यसैगरि, प्रदेश ५ मा डा रमेश खरेल, केशव पण्डित र रविकान्त मिश्र, कर्णाली प्रदेशमा डा अनुज भट्टचन, डा फणीन्द्र बराल र उत्तम काेईराला र सुदुरपश्चिम प्रदेशमा डा भिमसिंह तिंकरी, डा रामराज पन्थि र रामबहादुर नेपालीकाे टाेली पठाउने निर्णय गरेकाे छ।