काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ९९ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित कोरोना ब्रिफिङ क्रममा हालसम्म १ हजार ७ सय ९६ जनाको नमूना परीक्षण भएको जनाएको छ। यसअघि सोमबार १ हजार ६ सय ९७ जनाको नमूना परीक्षण भएको थियो ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १६ र उपत्यका बाहिर ८४ जना आईसोलेसनमा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना परीक्षणका लागि संकलन भएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको परीक्षण अहिले काठमाडौं बाहिरका ९ स्थानमा पनि सुरु भइसकेको छ। उनका अनुसार हालसम्म कन्ट्याक ट्रेसिङको काम ९० प्रतिशत सकिएको छ।