धनगढी- सुदुरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले सो प्रदेशमा कार्यरत सबै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप १५ लाख र सञ्चारकर्मीलाई १५ लाखको बिमा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अतिविपन्न‚ असहाय र ज्यालादारी मजुदुरका परिवारलाई जनही ३ हजार रूपैयाँ दिने र प्रत्येक जिल्लाका अस्पताललाई २० वटा भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णयहरु :
१. अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि ३०००/ का दरले १६ करोड स्थानीय तह मार्फत राहत सहयोग गर्ने।
२. यस प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप १५ लाख र सञ्चारकर्मीलाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा विकास समिति मातहतका स्वास्थ्यकर्मीका लागि पनि प्रोत्साहन भत्ता को व्यवस्था गरिने।
३. सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने।
४. सबै जिल्ला प्रशासन कार्यालयलाई ५ /५ लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरिका लागि १५/१५ लाखका दरले व्यवस्थापनको लागि रकम उपलब्ध गराउने।
५. कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित।
६. प्रदेशमा फाल्गुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने।