काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९)को नमूना जाँच परीक्षण सुरु गरेको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीर अस्पतालमा कोभिड-१९को पिसिआर मेसिनबाट परीक्षण सुरु गरेकोे जानकारी दिए। योसँगै देशका १२ स्थानबाट कोभिडको नमुना परीक्षण सुरु भएको छ।
डा देवकोटाले आइतबारबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि परीक्षण सुरु हुने जानकारी दिए।
प्रवक्ता देवकोटाले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन परीक्षण सुरु हुने जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, धुलिखेल अस्पताल, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा र भरतपुर कोभिड१९ को प्रयोगशाला परीक्षण सुरु भइसकेको छ।