काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचारमा केन्द्रित गरेको बताएका छन्। नयाँ वर्ष २०७७ का अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले महामारीपछि आर्थिक गतिविधिलाई तीव्रता दिन लगानीको नीति अपनाइने पनि बताए।
‘जतिबेला हामी यस महामारीको ग्राफलाई सिधा पार्छौ, त्यसपछि हाम्रा गतिविधिलाई तीव्रता दिन लगानी, लगानी अनि फेरि लगानीको नीति अपनाउनेछौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले अहिले सरकारको अध्ययन तथा सर्वेक्षण, टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने भन्नेमा केन्द्रित रहेको उल्लेख गर्दै यसै अध्ययन र सिफारिसका आधारमा सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक गर्ने पनि बताए।
उनले विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साभेदारी र सहयोगबाटमात्र सम्भव रहेको भन्दै देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनुपर्ने पनि बताए।
भिडियो :