काठमाडौं - नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयले अहिले राती ८ बजे दिएको जानकारी अनुसार ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
३१ जनामा संक्रमण देखिए पनि २ जना भने निको भइसकेका छन्। एक जना शनिबार डिस्चार्ज भएकी हुन् भने एक जना दुई महिना अघि नै डिस्चार्ज भइसकेका थिए।
शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो। आज १ जनामा देखिएपछि यो संख्या बढेर ३१ पुगेको हो।
मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना बिरामी आईसोलेसनमा छन् । मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।