काठमाडौं- कोरोना भाइरसबाट संक्रमित हुने डरले स्वस्थ व्यक्तिसँग नजिकिन पनि डराइरहेका छौं हामी। संक्रमित बिरामीको नजिक पर्ने होइन, उपचार भइरहेको अस्पतालसम्म जान पनि डराइरहेका हुन्छौं। चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु आफूलाई जोखिममा पारेर कोभिड १९ का बिरामीको उपचार गरिरहेका छन्। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर र नर्सले दुईजना बिरामी निको पारेर घर पठाइसकेका छन्।
कोरोना संक्रमित बिरामीको उपचारमा जोखिम छ तर उनीहरुले यसलाई आफ्नो पेशागत दायित्व निर्वाह गर्ने अवसरका रुपमा लिइरहेका छन्। भन्छन्, 'कोही त लड्नैपर्छ, त्यसैले हामी अग्रमोर्चामा छौं।'
अस्पतालका निर्देशक डा सागर राजभण्डारी, बिरामीको उपचारमा संलग्न डाक्टर अनुप बास्तोला, बिरामी राखिएको आइसोलेसन वार्डकी इन्चार्ज बेली पौडेलसँग स्वास्थ्यखबरकर्मी डिबी खड्काले गरेको विशेष कुराकानीः
हेर्नुहोस् भिडियो