काठमाडौं- बिहीबार थप २ जना कोरोना संक्रमित निको भएका छन्। पाटन अस्पतालमा उपचाररत उनीहरु दुवै जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
उनीहरू दुवै जना काठमाडौंको पेप्सिकोला टाउनप्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका व्यक्ति हुन्। निको भएपछि उनीहरु डिस्चार्ज भएका छन्।
बिहीबार नै थप २ जनामा समेत कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।