काठमाडौं - नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले विचार गरी मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको छ।
मन्त्रालयका सचिव यादव कोइरालाले अशोभनीय र अभद्र बोली बोलेको भन्दै संघले गम्भीर विचार गरेर मात्र अभिव्यक्ति सार्वजनिक गर्न माग गरेको हो। संघले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयको जिम्मेवारी व्यक्तिले दिने अभिव्यक्तिले चिकित्सकको मनोबल उच्च पार्न नसक्ने र स्वास्थ्य सेवा प्रवाहलाई नै असर गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको साट्टा स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न समेत संघले माग गरेको छ।
सचिव कोइरालाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेबहादुर पुनका विषयमा एक सञ्चार माध्यममा बोलेका थिए। सो क्रममा सचिव कोइरालले करारमा रहेको डाक्टर भन्दै कडा अभिव्यक्ति दिएका थिए।
संघले सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विचार गरेर मात्र अभिव्यक्ति दिन माग गरेको हो।
.jpg)